Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको पुँजीगत खर्च ९९ प्रतिशत 
कार्यक्रममा सहभागि पत्रकार ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पुँजीगततर्फ ९९ दशमलव ६८ प्रतिशत खर्च गरेको छ । गत आर्थिक वर्षमा कार्यालयले पुँजीगत तर्फ १४ लाख बजेट रहेकामा ९९ दशमलव ६८ प्रतिशत अर्थात १३ लाख ९५ हजार ९ सय ८९ बजेट खर्च  गरेको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी हरिप्रसाद  पन्तले  प्रशासन कार्यालयबाट गत वर्षमा सम्पादन भएका कामहरुको जानकारी गराउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी  पन्तका अनुसार कार्यालयले चालु तर्फ २ करोड ९ लाख १९ हजार ८ सय बजेट रहेकामा ९५ दशमलव २३ प्रतिशत अर्थात १ करोड ९९ लाख  २२ हजार ६ सय ७९ रुपैयाँ खर्च भएको छ । चालु तर्फ राष्ट्रिय परिचय पत्रमा ८ लाख ९४ हजार बजेट रहेकामा ९५ दशमलव २९ प्रतिशत अर्थात ८ लाख ५१ हजार ८ सय ९० रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।inbound4512213745617404016-1721563050.jpg

त्यस्तै जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा ३ करोड ५२ लाख १९ हजार १ सय ५९ राजस्व संकलन गरेको छ । प्रशासनिक दण्ड जरिवाना, राहदानी दस्तुर, संस्था दर्ता तथा नविकरण, हात हतियार विष्टफोटक पदार्थ, अनुमती इजाजत तथा नामसारीबाट राजस्व संकलन भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । त्यस्तै आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला प्रशासन कार्यालयबाट ५ हजार ८ सय २ वटा नागरिकता प्रदान गरिएको छ । भने ३ हजार ५ सय ३ जनाले नागरिकताको प्रतिलिपी लिएका छन् ।

 ९ जनाले नागरिकता त्याग गर्दा ६ जनाले गैर आवसिय नागरिकता प्राप्त गरेका छन् । प्रशासन कार्यालयबाट १ सय ८९ नाबालक परिचय पत्र प्रदान गर्दा ३ हजार ३ सय ५७ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले  सार्वजनिक गरेको  तथ्यांकमा उल्लेख गरिएको छ ।  inbound5685862867297909398-1721563051.jpg

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update