दिपेद्र आधाभूत विद्यालय थारकाट्टे पहिरोको जोखिममा
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ स्थित दिपेन्द्र आधारभूत थारकाट्टे पहिरोको जोखिममा परेको छ । निरन्तरको वर्षाले विद्यालयको खेल मैदान बगाए पछि विद्यालय जोखिममा परेको विद्यालयका प्रधानाध्यापक मनबिर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार राती भएको वर्षाले पाँच कोठे भवन अगाडीको खेल मैदान बगाएको छ ।
२०४५ सालमा स्थापना भएको विद्यालयमा बालशिक्षा देखि कक्षा ८ सम्म सञ्चालमा छ । यहाँ एक सय ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन पहिरोको जोखिममा रहेकाले सहज तरिकाले विद्यार्थीलाई पठनपाठन बनाउन समस्या भएको विद्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १८:०७
प्रतिक्रिया दिनुहोस्