Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ६४ जना पत्रकारलाई निःशूल्क दुर्घटना बिमा
बिमा पोलिसी हस्तान्तरण गर्दै ।

रुकुम पश्चिमका ६४ जना पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा प्रति व्यक्ति २ लाख ५० हजारका दरले ६४ जना पत्रकारहरूको दुर्घटना बिमा गरिएको महासङ्घका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पत्रकारहरूलाई काममा प्रोत्साहन हुने, नयाँलाई पत्रकारितामा पेसामा आकर्षण गर्ने र पेसामा निरन्तरताको लागि दुर्घटना बिमा गरिएको हो । हाल अमेरिका बस्दै आउनुभएका बाँफिकोट गाउँपालिकाका गोर्खबहादुर कुसारीको सहयोगमा बिमा गरिएको हो । 

आज एक कार्यक्रमका बिच शिखर इन्स्योरेन्सका शाखा प्रमुख भद्र बहादुर खड्काले पत्रकार महासङ्घका अध्यक्ष केसीलाई पोलिसि हस्तान्तरण गर्नुभयो । बिमा अनिवार्य हुँदै गएको र दुर्घटना हुँदा आर्थिक सहयोग प्राप्त हुने भएको खड्काले बताउनुभयो । 

गत वर्ष पनि पत्रकार महासङ्घले जिल्लाका ५४ जना पत्रकारको बिमा गरेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update