Kakhara सबैको खबर सम्पूर्ण खबर
ग्रामिण सडक यात्रा : सर्वसाधारणलाई वर्षायाममा सधै सास्ती 
पहिरोले अबरुद्ध सडक खण्ड ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अन्तरर्गत फलामे गुडा पिपल पोखरा सडक खण्ड अबरुद्ध भएको छ । हिउँदमा नियममित चल्ने यो सडक खण्ड वर्षा लागेसँगै प्राय वर्षायामा अबरुद्ध  हुने गर्दछ ।उक्त सडक खण्डमा पर्ने विभिन्न खोलामा पानीको सतह बढे सँगै यातायातका साधन अबरुद्ध हुने गरेका छन् । खोलाहरुमा पक्कि मोटरेबल पुल निर्माण नहुँदा हरेक वर्षातको समय यातायातका साधन अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती खप्दै  आएका छन् ।

 बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ४ को बिचमा रहेको तिल्चा खोला, वडा नम्बर २ र ३ को बिचमा रहेको छिप्रा खोला तथा वडा नम्बर १ र २ को बिचमा रहेको पुमा खोलामा अहिले सम्म मोटरेबल पुल निर्माण हुन सकेको छैन । यी खोलाहरुमा अहिले पानीको सतह बढेकाले आजवजावतमा समस्या हुन थालेको छ ।20240718045115_IMG_4725-1721640074.JPG

 खोलाहरुमा पुल नहुँदा हरेक वर्षातको समयमा सवारी साधन तथा स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको  बाँफिकोट गाउँपालिका वडा नम्बर २ का यामबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार खोलाका कारण खडक अबरुद्ध हुँदा गाउँबाट विभिन्न कामको लागि जिल्ला सदरमुकाम खलंगा पुग्न तथा त्यहाँबाट गाउँसम्म पुग्न सडक अबरुद्धका कारण समस्या हुने गरको छ ।

बाँफिकोट गाउँपालिकाका यी खोलामा पक्की मोटरेवल पुल नहुँदा तथा ग्रामिण सडक पहिरोको कारण अबरुद्ध हुँदा लामो सडक खण्ड प्रयोग गरी सवारी साधन सोलाबाङ धाउन्ने बालुवा सडक खण्ड भएर रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ को धपे तथा ७ नम्बर सिस्नेरी जानुपर्ने बाध्यता रहेको छ । खोलामा राखिएको ह्यमुपाइप माथिबाट बग्ने पानिले खोलामा यात्रा गर्दा जोखिम हुने भएकाले लामो सडक खण्ड प्रयोग गरेर रुकुम पुर्वको धपे तथा सिस्नेरी जाने गरेको गाडी चालक सरोज केसीले बताउनुभयो ।खोलामा पानीको बहाव बढेपछि साना तथा ठुला मालभाहक गाडिहरु खोला वारपार गर्न सकेका छैनन् ।

खाद्यान्न लिएर आएका गाडिहरु गाउँमा नपुग्दा स्थानीय व्यापारिहरुलाई सामान ढुवानीमा समस्या हुने गरेको छ । गाउँमा आउने गाडि सडक अबरुद्धका कारण फरक सडक हुँदै अन्यत्र जानेभएछि सामान ढुवानीमा दोहोरो भाडा खर्च बेहोर्नु परेको बाँफिकोट १ का स्थानीय व्यापारी बादी मल्लले बताउनुभयो । ग्रामिण सडकहरु वर्षायाम सुरु भएसँगै अबरुद्ध हुने भएकाले हरेक वर्ष स्थानीयलाई सास्ती हुने गरेको छ । 
20240718045338_IMG_4728-1721640073.JPG

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update