Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिराेले झोलुङ्गे पुल जोखिममा 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ को सल्लेचाैर र ४ नम्बर वडाको बाल्लाचौर जोड्ने तिल्चा खोला माथिको झोलुङ्गे पुल पहिरोको जोखिममा परेको  छ । फलामेगौडा-पिपल-पोखरा सडक खण्ड अन्तर्गत वडा नम्बर ४ को  छिनखेत देखि ३ नम्बर वडाको भाग्ले मालबेलासम्मको सडक विस्तार गर्ने क्रममा वर्षा सँगै झरेको पहिरोका कारण पुल जोखिममा परेको हो । 

पहिरोले सल्लेचौरमा निर्माण गरिएको पुलको जिप जोखिममा रहेको छ । `पुलको जिप नजिकबाट पहिरो झरेको छ स्थानीय लालबहादुर केसीले भन्नुभयो-पुल पहिरोको जोखिममा परेपछि आवतजावत गर्न असहज भएको छ । तिल्चा खोलामा पानीको सतह बढेको कारण विभिन्न कामको लागि छिनखेत बजार जाने सर्वसाधारण यही पुलबाट जोखिम मोलेर वारपार गर्न बाध्य छन ।´

३ नम्बर वडा अध्यक्ष तिलवीर केसीले वडा मार्फत सम्भव नभए पछि पुल संरक्षणको लागि पालिका सरकारमा पहल गर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष जनककुमार बाँठाले  स्थानीय पूर्वाधार कार्यालय सुर्खेतमा पुल संरक्षणको लागि पहल भइहरको बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिको ६ लाख बजेट बाट २०६४ सालमा उपभोक्ता समिति मार्फत ८० मिटर पुल निर्माण गरिएको थियाे ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update