Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रअ तथा शिक्षकलाई विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी तालिम 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम सम्पन भएको छ । रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमले आयोजना गरेको उक्त तालिम सोमबार सम्पन्न भएको हो ।  भूकम्प प्रभावित क्षेत्र मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका विद्यालय प्रधानाध्यापक, शिक्षक तथा परियोजना कार्यरत कर्मचारीलाई खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी दुई दिने तालिम दिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिममा सहभागि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई विद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी अवधारणा, विद्यालयमा तिन तारे सुचकको वारेमा फिल्ड अभ्यास तथा प्रस्तुतिकरण, विद्यालय वास स्थितिको वर्तमान अवस्था, समस्या तथा सुधारका कार्यहरु सम्बन्धी तालिम दिएको हो । त्यस्तै योजना तर्जुमा, प्रभावकारी कार्यन्वयन तथा अनुगमन, बाल संरक्षण, मनोसामाजिक परार्मश र यौन शोषण तथा र्दुव्यवहारबाट बालबालिकालाई संरक्षण गर्ने सम्बन्धी प्रस्तुतिकरण दिएको हो ।

अन्तराष्ट्रिय विकासका लागि बेलायती नियोग युकेएडको आर्थिक सहयोग तथा  सयुक्त राष्ट्रसंघ बालकोष र रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा ‘‘सञ्चालित खानेपानी तथा सरसफाई पुनर्लाभ’’ कार्यक्रम अन्तर्गत भूकम्प प्रभावित क्षेत्रका प्रअ तथा शिक्षकलाई तामिम दिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो । 

रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर सम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कर्णाली प्रदेश युनिसेफ वास कोडिनेटर इन्जिनियर राजेन्द्र जोसी,  सानीभेरी गाउँपालिका शिक्षा शाखा प्राविधिक सहायक प्रेम विष्ट, मुसिकोट नगरपालिका शिक्षा शाखा प्राविधिक सहायक नरेन्द्र ओली लगाएको आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update