खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पूर्वले आर्थिक वर्ष २०८०/८१ मा २ हजार ३ सय ७२ क्विन्टल ५० किलो चामल बिक्री गरेको छ । एक वर्षको अवधिमा डिपो कार्यालयले २ हजार ३ सय ७२ क्विन्टल ५० किलो चामल बिक्री गरेको हो । जिल्ला सदरमुकाम समेत रहेको रुकुमकोट डिपो कार्यालयबाट १ हजार ८ सय २२ क्विन्टल ५० किलो र पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० तक डिपोबाट ५ सय ५० क्विन्टल खाद्यको चामल बिक्री गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार खाद्यबाट अरुवा सोना मनसुरी, अरुवा मध्यम, स्टिम जिरा मसिनो, र अरुवा साँवा मसिनो चामल बिक्री गर्ने गरिएको छ । सबै भन्दा बढी स्टिम जिरा मसिनो चामल १ हजार ७८ क्विन्टल २५ किलो बिक्री भएको छ । अन्य चामलको तुलनामा स्टिम जिरा मसिनो चामल खानालाई राम्रो हुने भएकाले बढी बिक्री भएको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो ।
रुकुमकोट डिपोबाट अरुवा मध्यम चामल ५ सय ९ क्विन्टल, अरुवा साँवा मसिनो चामल ९५ क्विन्टल २५ किलो र अरुवा मनसुरी चामल १ सय ४० क्विन्टल बिक्री भएको छ । भने तक डिपो कार्यालय बाट अरुवा सोना मनसुरी चामल ५ सय ३० क्विन्टल र स्टिम जिरा मसिनो चामल २० क्विन्टल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुम पूर्वका निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो ।