बुधवार साँझ झरेको पहिरोका कारण मध्य पहाडी लोक मार्ग बन्द भएको छ । मध्यपहाडी लोक मार्गको रुकुम पूर्व खण्ड बन्द भएको हो । सडक बन्द हुँदा रुकुमकोट बाट रुकुम पश्चिम, दाङ नेपालगन्ज तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा, र काठमाडौँ जाने गाडीहरू ठप्प भएका छन् ।
सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित रानीकोटमा पहिरो झरेको छ । सडक माथिबाट ठुलो पहिरो झरेको कारण तत्काल सडक सञ्चालन गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । 'सडक खुलाउन प्रयास गरिरहेका छौ एउटा जेसिबी मार्फत पहिरो पन्छाउने काम भइरहेको छ प्रजिअ शर्माले भन्नुभयो वर्षा भएन भने दिउँसो सम्म सडक सञ्चालनमा आउने देखिन्छ तर वर्षा भयो भने सडक खुल्ने सम्भव छैन, सानु सानु पहिरो झरिरहेको छ,' उहाँले भन्नुभयो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत रुकुम पूर्वको रानिकोट रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ को किटिनीमा पहिरो झर्दा यात्रुले सास्ती पाउने गरेका छन् ।