Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा बाढी र पहिरोबाट २५४ घरपरिवार विस्थापित, २६ सय ९० घर जोखिममा 
खोलाले कटान गर्दा जोखिममा परेको आठबिसकोट नगरपालिका ११ को सिमबजार ।

बाढी र  पहिरोका कारण रुकुम पश्चिममा  वर्षायाम सुरु भएदेखि हालसम्म २ सय ५४ घरपरिवार  विस्थापित भएका छन् । जिल्लाका दई स्थानीय तह आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका २ सय  ५४ घरपरिवार बाढी र पहिरोका कारण विस्तापित भएका हुन् । आठबिसकोट नगरपालिकामा ९ नम्बर वडादेखि १४ नम्बर वडाका २ दुई ५० घरपरिवार विस्तापित भएका छन् । भने बाँफिकोट गाउँपालिकाका ४ घरपरिवार विस्तापित भएको विपत् व्यवस्थापन समिति रुकुम पश्चिमका संयोजक एवम प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढी र पहिरोको कारण जोखिममा ४ वटा स्थानीय तह रहेका छन् । जसमा सवैभन्दा बढी जोखिम आठबिसकोट नगरपालिका रहेको छ । त्यहाँ १ हजार ५ सय ६० घरपरिवार बाढी तथा पहिरोको जोखिममा रहेका छन् । त्यस्तै सानीभेरी गाउँपालिकामा २ सय ४ बाढी तथा ८ सय २२ पहिरोको जोखिममा गरेर जम्मा १ हजार २६ घरपरिवार बाढी तथा पहिरोको जोखिममा रहका छन् । त्यस्तैगरी बाँफिकोट गाउँपालिकामा ५४ र मुसिकोट नगरपालिकामा ५० गरेर जिल्लामा कुल  २ हजार ६ सय ९० घरपरिवार बाढी तथा पहिरोको जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एव प्रजिअ पन्तले जानकारी दिनुभयो ।

विस्थापित परिवारलाई आठबिसकोट नगरपालिकाको वडा नम्बर १२ मा रहेको काष्ठ उद्योग, कर्णाली वेभरेज प्रालीको भवन र वडा नम्बर ११ मा रहेको बृद्धाश्रममा स्थानीय तहको समन्वयमा स्थान्तरण गरिएको छ । भने केहि घरपरिवार आफन्तको घरमा बसेका छन् । बाढी पहिरोका कारण जिल्लामा  १४ वटा घर, काष्ठ उद्योग तथा घट्ट गरेर  १४ र एकवटा  सामुदायिक विद्यालय पूर्ण रुपमा क्षेती भएको  जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ ।

मानवीय क्षती  कती ?

मनसुन सुरु भएदेखि जिल्लामा बाढी पहिरोबाट ४ जनाको मृत्यु भएको छ । भने अझै एक जना बेपत्ता छन् । गत साउन १ गते बाढीमा बेपत्ता भएका आठबिसकोट नगरपालिका वडा नम्बर १२ झिनचौर स्थित बगरका ३८ वर्षिय डिल्लीबहादुर बुढाथोकी बेपत्ता रहेको जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update