Kakhara सबैको खबर सम्पूर्ण खबर
राजस्व संकलनमा रुकुम पूर्वका ३ वटै पालिका सफल

रुकुम पूर्वका तीन गाउँपालिकाले राजस्व सङ्कलनमा सफल भएका छन् । गत आर्थिक वर्षमा गाउँपालिकाले लक्ष्य बराबरको राजस्व सङ्कलन गरेका हुन । आन्तरिक राजस्व अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्य बराबरको राजस्व पुरा गरेको गाउँपालिकाले जानकारी दिएका छन् ।

तीन गाउँपालिका मध्ये सिस्ने गाउँपालिकाले सबै भन्दा बढी र पुथाउत्तरगंगा गाउँपालिकाले सबै भन्दा कम राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । एक करोड २३ लाख पाँच हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको सिस्ने गाउँपालिकाले लक्ष्य भन्दा बढी एक करोड २४ लाख ५२ हजार एक सय ९३ रुपैयाँ ७७ पैसा राजस्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै भन्दा बढी राजस्व गिट्टी बालुवाबाट सङ्कलन भएको छ ।

Rajaswo-1721908671.png
यस्तै ६२ लाख राजस्वको सङ्कलनको लक्ष्य लिएको भूमे गाउँपालिकाले ६६ लाख ४८ हजार आठ सय ६७ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले जानकारी दिनुभयो । भूमेले लक्ष्यको सात दशमलव २५ प्रतिशत बढी राजस्व सङ्कलन गरेकाे हो ।

पुथाउत्तरगंगा गाउँपालिले भने मुस्किलका साथ लक्ष्यको राजस्व भेटाएको छ । प्रमुख प्रशासकीय अधिकृत समीर गिरीका अनुसार ५२ लाख ५५ हजारको राजस्व सङ्कलनको लक्ष्य लिएको पालिकाले ५२ लाख ५५ हजार नै राजस्व सङ्कलन गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update