Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ७ मा पहिरोले एक घर पूर्णरुपमा क्षती, नौ घरपरिवार  विस्थापित
फाइल फोटो ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा वडा नम्बर ७ मा पहिरोले एक घर पूर्णरुपमा क्षती पुर्याएको छ ।  वडा नम्बर ७ को पोखेरोल गाउँकी   नैनी पुनको २ तले चारकोठे कच्ची घर पुर्णरुपमा पहिरोले क्षती पुर्याएको हो । बुधबार रातीको गएको पहिरोको कारण पोखेरोल गाउँका ७ परिवार, वडा नम्बर ८ को सार्कीडेराका १ र पोखेरोलका १ घरपरिवार गरी ९ घरपरिवार पहिरोको कारण विस्थापित भएको जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले जनाएको छ ।

विस्थापित ८ घरपरिवारलाई सानीभेरी गाउँपालिकाको वडा नम्बर ८ मा रहेको बालकल्याण आधारभूत विद्यालयको भवनमा स्थान्तरण गरिएको  र   विस्थापित १ घरपरिवार छिमेकीको घरमा बसेको जिल्ला विपत् व्यवस्थापन समितिका संयाजक एवम प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । क्षतीको विवरण संकलनको काम जारी रहेकाले विवरण थप हुन सक्ने बताएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update