Kakhara सबैको खबर सम्पूर्ण खबर
छाति र पेट दुखेकाे भन्दै नगर अस्पताल पुर्याइएकी दीक्षाकाे मृत्यु, शव सुर्खेत लगियाे
मृतक परियार ।

रुकुम पश्चिमको आठबिसकोट नगर अस्पतालमा उपचारका क्रममा शुक्रवार मृत्यु भएकी दीक्षा परियारको शवलाई सुर्खेत  पठाएको छ । वडा नम्बर ११ गैरीकी १४ बर्सिया परियारको शवलाई कुहिनबाट जोगाउन कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको हो । दीक्षाको आमा भारतमा रहेको र भारतबाट नेपाल आई पुग्दासम्म शव कुहिने भएकाले सुरक्षित राख्नको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाएको आठबिसकोट नगर उपप्रमुख धनकुमारी शाहीले जानकारी  दिनुभयो । 

उहाँका अनुसार दीक्षाको आमाले आफू आएपछि मात्र शवको पोस्टमार्टम गर्ने भनेपछि नगरपालिका, इलाका प्रहरी कार्यालय र नगर अस्पताल बिच छलफल सहित प्रहरी मुचुल्का बनाएर शवलाई सुर्खेत पठाएको हो । शुक्रवार बिहान ४ः४० बजे दीक्षालाई छाती तथा पेट दुखेको भन्दै उनको भाइ र अन्य २ जना साथीले उपचारका लागि नगर अस्पताल पुर्‍याएका थिए । 

उपचार क्रममा दीक्षाको मृत्यु भएपछि दिउँसो नगर अस्पताल तनावग्रस्त समेत बनेको थियो । दीक्षाको आमा आएपछि मात्र शव पोस्टमार्टम हुने बताएको छ । घरमा दीक्षा उनको भाइ बहिनी गरेर तीन भाइ बहिनी बस्दै आएका थिए । उनको घरमा अभिभावक कोही नभएको बताएको छ । समयमै उपचारको लागि नगर अस्पताल पुर्‍याए पनि डाक्टरको लापरबाहीका कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update