Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका एक जनामा मृत्युपछि कोरोना पुष्टि

रुकुम पश्चिममा अर्को एक कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार दिउँसो एक ६२ बर्षीया महिलाको मृत्यु भएको हो । ति महिलालाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल सल्ले पुर्र्याइएको थियो । अस्पताल पुग्नु अघि नै एम्बुलेन्समा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।

उनका आफन्तले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र धेरै समस्या भएपछि अस्पताल ल्याइएको बताएका थिए । त्यसपछि जिल्ला अस्पतालले मृत्युपछि उनको ऐन्टिजेन परीक्षण गरेको थियो । एन्टिजेन परिक्षणमा उनको रिर्पोट पोजेटिभ आएको जिल्ला अस्पतालका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।

यो सँगै जिल्लामा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । गत बर्ष त्रिवेणि गाउँपालिकाकी एक महिलाको मृत्यु भएको थियो । यही वैशाख ६ गते मुसीकोट नगरपालिकाकी एक ४० बर्षीया महिलाको मृत्यु भएको थियो । बैशाख १७ गते मुसीकोट नगरपालिकाकै ६० बर्षीय पुरुषको पनि मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update