रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ बेतखोलाका २३ वर्षीय टोपबहादुर बोहराको दुवै मिर्गौला फेल भएपछि सहयोगको याचना गरिएको छ । बोहराको दुवै मिर्गौला फेल भएपछि उपचार खर्च धरै लाग्ने भएकोले सहयोगको याचना गरिएको हो । बोहराको अहिले काठमाडौँको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा समस्या भएकोले बोहराको परिवारले सहयोगको याचना गरेको हो । बोहराको उपचारमा हालसम्म ५ लाख बढी खर्च भएको र नियमित डायलिसिस गर्दा थप रकम लाग्ने परिवारजनको भनाई छ । मिर्गौला फेर्दा धेरै रकम लाग्ने भएकाले सबैसामु सहयोगको याचना गरिएको भाइ तिलक बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार बोहराको विगत ३ महिनादेखि डायलिसिस मार्फत उपचार भइरहेको छ । सकेको सहयोग गरेर दाइको ज्यान बचाइ दिन उहाँले सबैलाई अनुरोध गर्नुभएको छ । सहयोग गर्न चाहनेले भाइ तिलकको नम्बर ९७४२८०९४९० सम्पर्क गर्न सक्ने बताइएको छ ।