जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्व ले ५८ लाख ३८ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ । बितेको तीन आर्थिक वर्ष २०७८/७९ देखि ८० /८१ सम्म विभिन्न ६ प्रकारका सात हजार, तीन सय ६६ वटा सवारी कारबाही बाट राजस्व सङ्कलन गरिएको हो।
तुलनात्मक रूपमा अघिल्ला दुई आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा सवारी साधन कारबाहीको सङ्ख्या मा वृद्धि भएको छ । ट्राफिक कार्यालयका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक मधु श्रेष्ठका अनुसार अघिल्ला दुई वर्षको तुलनामा गत वर्ष राजस्व सङ्कलन बढेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा दुई हजार, एक सय ४९ वटा सवारी कारबाही बाट १७ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। उक्त वर्ष सबै भन्दा बढी एक हजार ७७ वटा मोटरसाइकल कारबाही बाट आठ लाख ७२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने सबै भन्दा कम एक सय वटा ट्रक बाट ७७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको हो।
सोही वर्ष एक सय ६६ वटा बस बाट एक लाख ३५ हजार रुपैयाँ र चार सय ३६ जिप कार बाट तीन लाख ७४ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको हो। यस्तै दुई सय ४७ वटा ट्याक्टर बाट दुई लाख २४ हजार पाँच रुपैयाँ र एक सय २१ वटा अटो बाट एक लाख ६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७९/८० मा एक सय ९६ बढी सवारी कारबाही भएका छन् भने एक लाख पाँच हजार रुपैयाँ राजस्व पनि बढी सङ्कलन भएको छ। त्यस वर्ष विभिन्न ६ प्रकारका दुई हजार तीन सय ४५ सवारी साधन कारबाही बाट १८ लाख, ९५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो ।
उक्त वर्ष पनि सबै भन्दा बढी मोटरसाइकल र सबै कम ट्रक कारबाहीमा परेका छन्। एक सय १८ वटा ट्रक बाट ८५ हजार पाँच सय रुपैयाँ र एक हजार दुई सय ८९ वटा मोटरसाइकल कारबाही बाट दश लाख ७७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो । सोही वर्ष एक सय ४१ अटो कारबाही बाट एक लाख नौ हजार पाँच सय रुपैयाँ, एक सय ९० वटा ट्याक्टरबाट एक लाख ५७ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको हो । यस्तै चार सय २७ जिपकार बाट तीन लाख १८ हजार पाँच सय रुपैयाँ र एक सय ८० वटा बस बाट एक लाख ४६ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
यस्तै बितेको आर्थिक वर्ष २०८०/८१ मा दुई हजार आठ सय ७२ सवारी कारबाहीबाट २१ लाख ५३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । तीन आर्थिक वर्षको तुलनामा कारबाही हुने सवारी साधन मध्ये सबै भन्दा बढी मोटरसाइकल र सबै भन्दा कम ट्रक रहेका छन् । यस वर्ष पनि अन्य सवारीको तुलनामा मोटरसाइकल सबै भन्दा बढी र सबै भन्दा कम ट्रक कारबाहीमा परेका छन् । एक हजार तीन सय ६३ वटा मोटरसाइकल र एक सय ७१ वटा ट्रक कारबाहीमा परेका हुन । ट्रक बाट एक लाख १२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ भने मोटरसाइकल बाट दश लाख ८८ हजार पाँच रुपैयाँ राजस्व सङ्कलन ट्राफिक प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुई सय ८४ वटा ट्याक्टर दुई लाख २१ हजार रुपैयाँ, दुई सय ४४ वटा बस बाट एक लाख ८२ हजार रुपैयाँ र ६ सय २६ जिपकार बाट चार लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । यस्तै एक सय ८४ वटा अटो कारबाहीबाट एक लाख २२ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । साथमा कागजात नभएका, ट्राफिक नियम पालना नगर्ने, सवारीको क्षमता भन्दा बढी यात्रु बोक्ने, रोड पिरामिड नभएका, लगायतका सवारी साधन कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।