रुकुम पश्चिममा ९९ प्रतिशत धान रोपाई सकिएको छ । केही भुभाभमा रोपाई बाँकी रहेपनि जिल्लामा ९९ प्रतिशत रोपाई सकिएको हो । सयममै वर्षात भएका कारण यस वर्ष रोपाई समयमै सकिएको कृषि विकास कार्यालय रुकुुम पश्चिमका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा ३ हजार ७५ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ । जिल्लामा सबैभन्दा बढी चौरजहारी र मुसिकोट नगरपालिका रोपाई हुुने गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा पछिल्लो सयम राम्रै उत्पादन हुने गरेपनि त्रिवेणी गाउँपालिका र आठबिसकोट नगरपालिका भने कम क्षेत्रफलमा रोपाई हुने गरको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।
जिल्लामा खुमल ४, ६, राधा ४ लगायत अन्य हाइव्रिट प्रजातिको धान रोप्ने गरिएको छ । यस वर्ष समयमै वर्षात, धान खेतीमा किरा नदेखिएको तथा रासायनिक मल पर्याप्त मात्रमा रहेकाले गत वर्षभन्दा यस वर्ष १० देखि १५ प्रतिशत उत्पादन बढ्ने अनुमान गरिएको छ । गत वर्ष करिव १३ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । उत्पादन भएको केहि धान चौरजहारी र आठबिसकोट नगरपालिकाबाट जिल्ला बाहिर विक्री हुने गरेपनि धानमा जिल्ला आत्मनिर्भर नरहेको कृषि किकास कार्यालको भनाई छ । समग्र खाद्यन्नमा भने रुकुम पश्चिम आत्मनिर्भर रहेको कार्यालयले जनाएको छ ।