Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा परीक्षण गराउने आधामा कोरोना संक्रमण 
काेराेना परीक्षणका लागि स्वाव निकालिदै ।

रुकुम पश्चिममा आईतबार १ सय ३ जनामा कोरोना भाईरस (कोभिड–१९) भए नभएको पत्ता लगाउन एन्टीजेन परीक्षण गरियो ।  जसमा ४९ जनामा कोरोना भाईरसको संक्रमण देखियो । यो परीक्षण गरिएको संख्याको ४७.५७ प्रतिशत अर्थात झण्डै आधा हो । कोरोना भाईरसको संक्रमण फैलिएदेखि हालसम्म एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । जिल्लामा पछिल्ला दिनमा कोरोना भाईरसको परीक्षण गराउने झण्डै आधामा संक्रमण देखिन थालेको छ । दैनिक जसो संक्रमण दर उच्च गतिमा बढ्दै गएको छ । जिल्लामा अहिले एन्टीजेन मार्फत कोरोना भाईरसको परीक्षण भइरहेको छ ।

पिसिआर हाल बन्द छ । लक्षण देखिएका व्यक्तिहरुमा मात्र परीक्षण भइरहेको छ । तर पनि संक्रमितको संख्या ठुलो छ । जो व्यक्ति शंकाको आधारमा परीक्षण गराउन आउँछ उसको परीक्षण हुने गरेको र उसलाई संक्रमण देखिएपनि उसको सम्पर्कमा रहेकाको कन्ट्रयाक ट्रेसिङ हुने गरेको छैन् । कन्ट्रयाक ट्रेसिङ गरेर परीक्षणलाई बढाउने हो भने संक्रमितको संख्या अझै बढ्ने स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलको भनाई छ । परीक्षणलाई बढाउने हो भने भोलीका दिनमा कन्ट्रोल गर्नै मुश्किल पर्ने अवस्था देखिएको उहाँले बताउनुभयो । 
 
अहिलेसम्म ४ सय १४ जनामा एन्टीजेन परीक्षण गर्दा १ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । यो कुल संक्रमितको ४५.६५ प्रतिशत हो । जब कि कोरोनाको पहिलो लहरका बेला जिल्लामा १० हजार ९ सय २४ जनामा पिसिआर परीक्षण गर्दा जम्मा २ सय ६२ जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update