Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार अमरराजको तीजको कोसेली 'तीजको बेला रमाइलो' बजारमा (भिडि‌ओ सहित)

तीजैको बेला भेट हुँदा रमाइलो
नाचिन्छ, हाँसिन्छ 
छुट्टिँदा मन रुन्छ ।

पत्रकार अमरराज पुनको 'तीजको बेला रमाइलो' नामको गीत बजारमा आएको छ । यस गीतकाे शब्द सिर्जना पुनले गर्नुभएकाे हाे  पुनकै युट्युब च्यानल राजा क्रियशन घरबाट गीत बुधवार साँझ सार्वजनिक भएको हो । एकल गीतमा गायिका मिना लामाको स्वर रहेको छ । गीतमा म्युजिक र एरेन्ज गायक तथा सर्जक जय देवकोटाको रहेको छ ।

गीतमा तीजको बेला दिदी बहिनी, साथी सङ्गी भेट्दा रमाइलो भए पनि छुट्टिँदा दुःख लाग्ने कुरालाई व्याख्या गरिएको छ । यस गीतको म्युजिक भिडिओमा सगुन थापा लगायत फिचर्ड छन् भने डाइरेक्सन दिनेशजंग ठकुरीले गर्नुभएको हो । पत्रकार पुन विगत लामो समय देखि रुकुम पश्चिममा रहेर पत्रकारिता गरिरहनुभएको छ । उहाँ हाल रुकुम पश्चिमबाट नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

  

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update