Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोटमा विद्युत् सेवा अवरुद्ध 
सांकेतिक फाेटाे ।

रुकुम पूर्वको रुकुमकोटमा विद्युत् सेवा अवरुद्ध भएको छ । बुधवार साँझ देखि विद्युत् सेवा अवरुद्ध भएको हो । सिस्ने गाउँपालिका वडा नम्बर ६ स्थित रानीकोटमा पहिरोले विद्युतका पोल बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण रुकुम पूर्वका कार्यालय प्रमुख प्रमोद खनालले जानकारी दिनुभयो ।

'मौसम सफा भई रह्यो भने आज साँझ विद्युत् सुचारु हुने उहाँले बताउनुभयो । विद्युत् मर्मतको लागि बिहानै प्राधिकरणको टोली रानीकोटमा गएको छ, प्रमुख खनालले भन्नुभयो-हामी सकभर आजै विद्युत् सुचारु गर्ने गरी लागि रहेका छौँ, मौसमले साथ दिए आजै साँझसम्म बत्ती बल्ने छ ।' रुकुम पश्चिमको धैरेनीचौर सब स्टेसनबाट रुकुम पूर्वमा विद्युत् आपूर्ति भई रहेको छ ।

विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका उपभोक्ताहरू मारमा परेका छन् । मोबाइल चार्ज गर्ने देखि अन्य विद्युतीय कामकाज अवरुद्ध भएका छन् । त्यस्तै सरकारी तथा गैरसरकारी सेवा प्रवाहमा समेत असर परेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update