Kakhara सबैको खबर सम्पूर्ण खबर
एकिकृत पूनर्लाभ कार्ययोजना  अन्तरर्गत गैरसरकारी संस्थासँग समन्वयात्मक बैठक
बैठकमा सहभागिहरु ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरु सँगको समन्वयात्मक बैठक सम्पन्न भएको छ । एकिकृत पूनर्लाभ कार्ययोजना अन्तर्गत सञ्चालन भएको बैठक भूकम्प पश्चात भएका प्रगति तथा त्यस पश्चात भएका कामको  बारेमा समिक्षा गरेर समन्वयात्मक बैठक सम्पन्न भएको हो । सानीभेरी गाउँपालिकाले आयोजना गरेको एकिकृत पूनर्लाभ कार्ययोजना समन्वयात्मक बैठकको समन्यव रुकुमेली समाज विकास केन्द्रले गरेको थियो ।
 
बैठकमा गैरसरकारी विच भूकम्प पश्चात प्रतिकार्य, पूनर्लाभका क्षेत्रमा भएका प्रगतिका बारेमा समिक्षा तथा आगामी कार्ययोजना, परियोजना सञ्चालनका क्रममा आइपरेका समस्या, चुनौती र सिकाइका बारेमा छलफल गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र आलीले जानकारी दिनुभयो । उहाँका अनुसार एकिकृत पूनर्लाभ कार्ययोजना (जेआरएपी) कार्यक्रम अन्तरर्गत अन्तर्राष्ट्रिय बिकासका लागि बेलायती नियोगको आर्थिक सहयोग तथा सयुंक्त राष्ट्र संघको आवासिय संयोजन कार्यालयको समन्वयमा संयुक्त राष्ट्र संघका ४ एजेन्सिहरु (युनिसेफ, युएन, डब्लुएफपी, आइवएम र युएनएफपीए)को साझेदार संस्थाहरुले पालिकामा सञ्चालन  गरेका खानेपानी, सरसफाइ तथा स्वच्छता, खाध्य सुरक्षा र पोषण, आवास, संरक्षण  क्षेत्रगत काम गरिरेहका छन् । सोको बारेमा पनि प्रस्तुति  राखिएको थियो ।

एकिकृत पूनर्लाभ कार्ययोजनासँग सम्पूर्ण एजेन्सीहरुको समन्वय तथा सहकार्यमा परियोजनाको कामलाई थप प्रभावकारित बनाउने उद्धेश्यले  गैरसरकारी संस्था विच समन्यतात्क बैठक आयोजना गरिएको कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो । साथै कार्यक्रको उदेश्यको बारेमा पनि कार्यकारी निर्देशक ओलीले नै जानकारी बनाउनु भएको थियो । 

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष कमला रोका पुन, सामाजिक विकास समितिका संयोजक शेरबहादुर खड्का, निमित्त प्रमुख प्रशासकिय अधिकृत महेन्द्र ओली, रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्साल, लगायतको आतिथ्यता रहेको थियो । बैठकमा एकिकृत पूनर्लाभ कार्ययोजना अन्गर्तत संयुक्त राष्ट्र संघका चार एजेन्सीहरु र साझेदार सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो  । कार्यक्रमको सञ्चालन सानीभेरी गाउँपालिकाका सूचना अधिकारी मानविर ओलीले गर्नुभएको थियो । 


 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update