Kakhara सबैको खबर सम्पूर्ण खबर
अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारमा समस्या, सहयोग गर्न आग्रह
उपचार हुँदै ।

रुकुम पश्चिममा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको लागि सहयोग गर्न अनुरोध गरिएको छ । गत सोमबार मुसिकोट नगरपालिका वडा नम्बर ४ सोलावाङमा अन्दाजी ५६ वर्षिय एक व्यक्ती अचेत अवस्थामा फेला परेका थिए । उद्दार गरिएका ति व्यक्तिको परिचय नखुलेको प्रहरीले जनाएको छ । अहिले जिल्ला अस्तपताल सल्लेमा उपचार भइरहको र आफन्त कोहि नभएकाले उपचारमा समस्या भएको बताएको छ ।

उपचारको लागि आर्थिक सहयोग गर्न समेत अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । अचेत अवस्थामा रहेका ती व्यक्तीसँग रकम नभएकाले सहयोग गर्न आग्रह गरिएको हो । उहाँलाई चिन्ने आफन्त कोहि भएमा पनि सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update