Kakhara सबैको खबर सम्पूर्ण खबर
सरस्वती  माविका ६१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण 
शैक्षिक सामग्री वितरण पछि सामुहिक तस्विर ।

नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमले एक सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ सल्लेमा रहेको सरस्वती माध्यामिक विद्याललका ६१ जना विद्यार्थीलार्ई शैक्षिक सामग्री वितरण गरेको हो । कर्णाली प्रदेश भूकम्प पुनर्लाभ कार्यक्रम अन्तरर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको रेडक्रस रुकुम पश्चिमले जनाएको छ । 

विद्यालयले छनोट गरेका अति विपन्न कक्षा १ देखि ५ सम्मका ५३ विद्यार्थी र श्रोत(सुस्त श्रावन) कक्षाका ८ जना विद्यार्थी गरी ६१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको  हो । प्रत्येक विद्यार्थीलाई एक वटा झोला, एक वटा थरमस, एक वटा टिफिन बक्स, १ दर्जन सिसाकलम, ६ वटाका दरले कामी, एक वटा रेनकोट र एक वटाका दरले खेल साम्रगी वितरण गरिएको विव्यस अध्यक्ष थापाले जानकारी दिनुभयो । 

एक विद्यार्थीलाई करिव ४ हजार ३ सय बराबरकोे शैक्षिक सामग्री वितरण गरिएको उहाँको भनाई छ । शैक्षिक सामग्री वितरण कार्यक्रममा विव्यस अध्यक्ष थापा, वडा सदस्य अन्जना विसी, रेडक्रका रुकुम पश्चिमका मन्त्री बलविर पुन, कार्यक्रम संयोजक सरोज थापा, जिविकोपार्जन संयोजक मधु थापा लगाएको उपस्थिति रहेको थियो ।  
453213555_1478792600188517_745538964687739831_n-1722602669.jpg

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update