Kakhara सबैको खबर सम्पूर्ण खबर
नेपालले महिला भलिबलमा भारतलाई पहिलो पटक हरायो 

नेपालले महिला भलिबलमा पहिलो पटक भारतलाई पराजित गरेको छ । काठमाडौंमा जारी काभा महिला भलिबलको समूह चरणको आज भएको खेलमा नेपालले भारत विरुद्ध ३–२ को जित निकालेको हो । यो नेपालले महिला भलिबलमा भारतलाई हराएको पहिलो पटक हो । नेपालले भारत विरुद्ध जित निकाल्दै प्रतियोगितामा महत्वपूर्ण २ अंक जोडेको छ । भारतले भने एक अंक जोड्न सफल भयो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update