कर्णालीमा काँग्रेसका चार मन्त्रीद्वारा शपथ ग्रहण
कर्णाली प्रदेशमा नेपाली काँग्रेस सामेल भएको छ । चार जना काँग्रेस सरकारमा सामेल भएको हो । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले काँग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । आइतबार काँग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण समेत गर्नुभएको छ ।
चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गर्नुभएको हो । काँग्रेसबाट राजीवविक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक विकास मन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकास मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले आइतबार नै पदभार ग्रहण गर्ने बताइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१ १४:३६
प्रतिक्रिया दिनुहोस्