रूकुम पश्चिममा १२ जनामा परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण
रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा १० जना कोरोना भाईरस (कोभिड–१९)का बिरामि थपिएका छन् । जिल्ला अस्पतालमा ९ जनामा परीक्षण गर्दा ७ जनामा तथा चौरजहारीमा ३ जनामा परीक्षण गर्दा तीनै जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४ सय ६१ पुगेको छ । त्यस्तै कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्लामा १ सय ९९ जना संक्रमित थपिएका छन् । त्यस्तै जिल्लामा आज एक जना संक्रमितको मृत्यु भएको छ ।
यो संगै मृतकको संख्या ४ पुगेको छ । संक्रमित मध्य जिल्ला अस्पतालको आईसोलेसनमा १० जना, चौरजहारी अस्पतालको आईसोलेसनमा ३ जना र आठबीसकोट नगरपालिकाको आईसोलेसनमा १ जना संक्रमित रहेका छन् । केहि संक्रमितको सुर्खेतमा उपचार भइरहेको छ भने अधिकांश संक्रमितहरु होम आईसोलेसनमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८ १७:५०
प्रतिक्रिया दिनुहोस्