रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ को सहिद मैदान नजिकै पहिरो खसेको छ । शनिबार रातिको अविरल वर्षाका कारण उक्त स्थानमा पहिरो खसेको हो । पहिरो खस्दा राप्ती राजमार्ग अन्तरर्गत पर्ने मठ सल्ले सडक खण्ड, नजिकै रहेका घुम्ती पसल तथा घरहरु जोखिमा परेका छन् ।
सहिद मैदान नजिकै पहिरो खस्दा निर्मानाधिन एक वटा पक्की भवनको केहि भाग पहिरोले पुरेको छ । पहिरोकै कारण विद्युतको पोल समेत बगाएको स्थानीय सन्दिप पुनले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण सहिद मैदान भएर छोटो बाटो हुँदै मठ बजारसम्म पुग्न समेत लामो बाटो हिड्नु पर्ने समस्या भएको उहाँको भनाई छ । सहिद मैदान ननिकै सल्ले जाने सडक खण्डको मुनीबाट पहिरो झरेकाले सडकमा आवाजजावत गर्ने सवारी साधनलाई समेत जोखिम हुने अवस्था सिर्जना भएको पुनले जनाकारी दिनुभयो ।