Kakhara सबैको खबर सम्पूर्ण खबर
रिठाबोटका पहिरोले विस्थापित घरपरिवालाई राहत वितरण
पहिरो पीडितलाई राहत वितरण गरिदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ रिठाबोटका पहिरो पीडितलाई खाद्यान्न वितरण गरिएको छ । वडामा पहिरोबाट विस्थापित भएका ११ घर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । रिठाबोटका १० घर र बोलमका १ घरपरिवार गरी ११ घरपरिवारलाई  मुसिकोट नगरपालिकाले खाद्यान्न सामग्री वितरण गरेको कार्यवहाक वडा अध्यक्ष सशिराम रोका क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक  घरपरिवालाई १ बोरा चामल, दुई किलो दाल, दुई  लिटर तेल, पाँच किलो आटा, एक पेटी साबुन र एक वटाका दरले त्रिपाल वितरण गरिएको हो । पहिरो विस्थापित घरपरिवार आफ्तको घरमा सहारा लिएर बसिरहेको कावा वडा अध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो । 

राहत वितरण कार्यक्रममा मुसिकोट नगर प्रमुख महेद्र केसी, उपप्रमुख विमलकुमार पुन, मुसिकोट नगर विपद व्यवस्थापन समितिका संयोजक शशिराम पुन, वडा सचिव धनकुमार शाही लगाएको उपस्थिति रहेको थियो । 

453256300_483168251075728_9164832026612708825_n-1722855007.jpg

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update