Kakhara सबैको खबर सम्पूर्ण खबर
भुँइमा राखेर उपचार 

जिल्ला अस्पतालमा रहेको आईसोलेसन वार्डमा वेड अभाव भएको छ । ८ वेडको आईसोलेसनमा अहिले १२ जना कोरोना भाईरस (कोभिड–१९) का बिरामिहरु रहेका छन् । जसका कारण केहि बिरामिहरुलाई भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको छ । ८ जना बिरामिलाई बेडमा राखेर उपचार भइरहेको र अन्यलाई भुँइमा राख्नुको विकल्प नभएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले बताउनुभयो । केहिलाई आइसोलेसन भित्र र केहिलाई बाहिर आँगनमै अक्सिजन सपोट दिएर राखिएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ । त्यसमा पनि अक्सिजन सपोट दिनुपर्ने बिरामिहरुको संख्यामा पनि बृद्धि भइरहेको छ । सबै स्थानीय तहमा अक्सिजन सहितका आईसोलेसन नहुँदा बिरामिहरु जिल्ला अस्पतालमा केन्द्रित भइरहेका छन् । जिल्ला अस्पतालमा रहेको आईसोलेसन पनि भरिदा बिरामिहरुको उपचारमा समस्या आएको फोकल पर्शन रावलको भनाई छ । 

मुसीकोट नगरपालिकाले ५० वेडको आईसोलेसन संचालन गर्दै 
यसैविच मुसीकोट नगरपालिकाले आज देखि ५० वेडको आईसोलेसन संचालन गर्ने भएको छ । वडा नं. १ को राप्ती समाज अस्पताललाई भाडामा लिएर अहिले तत्काललाई अक्सिजन सहितका ५ बेड र अन्य नर्मल बेड गरी ५० बेडको आईसोलेसन संचालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो । 

आईसोलेसनमा बेड र अक्सिजन जडान देखि अन्य सबै व्यवस्थापनको काम सम्पन्न भइसकेको र आजबाट आईसोलेसन संचालनमा ल्याउने उहाँको भनाई छ । आईसोलेसनमा नगरपालिकाले ५ जना स्वास्थ्यकर्मी खटाउने जनएको छ । डाक्टरको आवश्यकता पर्ने भए जिल्ला अस्पतालका डाक्टरले सहयोग गर्ने नगरपालिकाको भनाई छ । 

क्रमिक रुपमा अक्सिजन थप गर्दै लैजाने प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताउनुभयो । नगरपालिकाले आईसोलेसन संचालन गरे जिल्ला अस्पतालको आईसोलेसनमा बिरामिको चाप कम हुने र उपचारमा सहजता आउने विश्वास गरिएको छ ।   
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update