Kakhara सबैको खबर सम्पूर्ण खबर
सरस्वती मावि सल्लेका एक सय ८० विद्यार्थीको प्रारम्भिक आँखा जाँच 
विद्यार्थीकाे आँखा जाँच गरिदैँ ।

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका १ नम्बर वडामा रहेको सरस्वती मावि सल्लेमा अध्ययनरत एक सय ८० जना विद्यार्थीको प्रारम्भिक चरणको आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम अन्तरगत एक सय ८० जना विद्यार्थीको प्रारम्भिक चरणको आँखा जाँच गरिएको हो । 

९२ छात्रा र ८८ छात्र गरी जम्मा एक सय ८० जना विद्यार्थीको आँखा जाँच गरिएकोमा १५ जना विद्यार्थीको आँखामा समस्या देखिएको संस्थाकी सामुदायिक संयोजक पूर्णिमा शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणको आँखा जाँच गर्दा समस्या देखिएका १५ जना विद्यार्थीलाई आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा पुनः आँखा जाँच गरिने छ । 

पुनः आँखा जाँच गर्दा पनि सोही प्रकृतिको समस्या देखिएमा भने समस्याको पहिचान तथा वर्गीकरण गरी त्यस्ता विद्यार्थीलाई संस्थाले निःशुल्क चस्मा वितरण गर्ने वा उपचारका लागि यातायात खर्च सहित संस्थाद्वारा सञ्चालित राप्ती आँखा अस्पताल दाङ पठाउने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update