Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रधानमन्त्री रोजगार कार्यक्रम : रुकुम पूर्वमा पाए तीन  सय चार जनाले रोजगारी 
फाइल फोटो ।

गत आर्थिक वर्ष २०८०/८१ मा रुकुम पूर्वबाट तीन सय चार जनाले रोजगार पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत दुई सय आठ जना महिला र ९६ जना पुरुष गरेर कुल ३ सय ८ जना  व्यक्तिले रोजगार पाएका हुन । तीन गाउँपालिका मध्ये भूमे गाउँपालिकाबाट सबै भन्दा बढी १ सय २६ र सबैभन्दा कम सिस्ने गाउँपालिकामा ८३ जनाले रोजगार पाएका हुन् । त्यस्तै पुथाउत्तरगंगा गाउँपालिबाट ५६ पुरुष ३९ महिला गरेर  कुल ९५ जना व्यक्तिले रोजगार पाएका छन् ।

भूमे गाउँपालिकामा ६ सय ९ जना बेरोजगार सूचिकृत भएकामा १ सय २६ जनाले रोजगार पाएको भूमे गाउँपालिका रोजगार संयोजक विनोद विकले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त भएको ५० लाख र गाउँपालिका साझेदारी कार्यक्रमको १५ लाख गरी कुल ६५ लाख बजेट खर्च भएको छ । पालिका भित्र विभिन्न २० वटा योजना निर्माण गर्दा उक्त रकम खर्च भएको रोजगार संयोजक विकले बताउनुभयो ।

सिस्ने गाउँपालिमा ५६ जना महिला र २७ जना पुरुष गरेर ८३ जना व्यक्तिले १ सय दिन बराबरको रोजगार प्राप्त गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत विभिन्न २३ वटा योजना निर्माणमा ७७ लाख ६० हजार बजेट  खर्च भएको  सिस्ने गाउँपालिका रोजगार संयोजक सन्देश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका १ हजार ८ सय २ बेरोजगार युवाहरू सूचीकृत भएका थिए । त्यसमा छनोट गरेर विपन्न परिवारलाई रोजगार  दिइएको हो । त्यस्तै  पुथाउत्तरगंगा गाउँपालिबाट ५६ पुरुष ३९ महिला गरेर जम्मा ९५ जना व्यक्तिले रोजगार पाएका छन् ।

विश्व बैङ्कको २८ लाख ५७ हजार र नेपाल सरकारबाट २६ लाख ४४ हजार गरी पालिकामा कुल ५५ लाख १ हजार बजेट प्राप्त भएको थियो । उक्त रकम खर्चिएर विभिन्न १८ वटा योजना निर्माण गरिएको छ । नेपाल सरकार बाट आएको बजेटबाट तीन वटा योजना निर्माण गरिएको हो । भने विश्व बैङ्कबाट आएको बजेटबाट १५ वटा योजना निर्माण गरिएको  पुथाउत्तरगंगा गाउँपालिकाका रोजगार संयोजक भूपाल बुढा मगरले जानकारी दिनुभयो । पुथामा १ हजार ९ सय ८९ जना बेरोजगार सूचीकृत भएका थिए । ती मध्ये छनोट भएका ९५ जनाले रोजगार प्राप्त गरेका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गोरेटो बाटो निर्माण, खेलमैदान निर्माण, सार्वजनिक शौचालय निर्माण लगायतका योजना सम्पन्न गरेको स्थानीय तहहरूले जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update