रुकुम पश्चिममा जंगली बँदेल सिकार गरेको कसुरमा दुई जना पक्राउ
डिभिजन वन कार्यालय रुकुम पश्चिमले जगंली बँदेलको अवैध सिकार गरेको कसुरमा २ जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका १ वस्ने अन्दाजी ३७ वर्षिय कालिबहादुर महतारा र वडा नम्बर ६ वस्ने अन्दाजी २३ वर्षिय समिर केसीलाई पक्राउ गरेको हो । बिहिबार पक्राउ गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख शेरबहादुर परियारले जाजकारी दिनुभयो ।
उहाँका अनुसार डिभिजन वन कार्यालयको टोलीले असार २५ गते मुसिकोट नगरपालिका ६ पानाखोलाबाट जगंली बँदेलको मासु बरामद गरेको थियो ।सोही कसुरमा उनीहरुलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ १९:१३
प्रतिक्रिया दिनुहोस्