Kakhara सबैको खबर सम्पूर्ण खबर
एसइई उत्तीर्ण विद्यार्थीलाई भूमेले निःशुल्क कम्प्युटर तालिम दिने 

रुकुम पूर्वको भूमे गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिने भएको छ । गाउँपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अन्तर्गत पालिका भित्रका एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिम दिने लागेको हो। विद्यार्थीलाई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान दिनको उद्देश्यले एक महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिका को शैक्षिक सभा हल खाबाङ बगरमा आधारभूत कम्प्युटर तालिम सञ्चालन हुने भएको छ । अहिले पालिकाले विद्यार्थीको निवेदन सङ्कलन गरिरहेको छ। वडा तथा पालिकाले निवेदन सङ्कलन काम गरिरहेका छन् । भाद्र ५ गते देखि आधारभूत कम्प्युटर तालिम सञ्चालन हुने भएको छ। विद्यार्थी सङ्ख्याको आधारमा ग्रुप विभाजन गरेर तालिम दिने गाउँपालिकामा जनाएको छ।

अहिले विद्यार्थीको निवेदन सङ्कलन काम भइरहेको छ अध्यक्ष श्रेष्ठले भन्नुभयो सहभागिता के कस्तो हुने हो, त्यसकै आधारमा ग्रुप विभाजन गर्ने तयारी गरेका छौ, २५ जना सम्म विद्यार्थीको एक ग्रुप हुने छ, प्रत्येक ग्रुपलाई तीन/ तीन घण्टा समय दिएर तालिम दिने उहाँले बताउनुभयो । कम्प्युटर तालिम लिने इच्छुक विद्यार्थीहरूको लागि निवेदनको साथमा नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपि तथा नागरिकता नबनाएका विद्यार्थीको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजका दुई प्रति फोटा आवश्यक पर्ने गाउँपालिका ले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update