दुई जना डिस्चार्ज !
कोरोना संक्रमण भइ उपचाररत २ जना डिस्चार्ज भएका छन् । रुकुम पश्चिम जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत २ महिला मंगलबार डिस्चार्ज भएका हुन् । त्रिवेणि गाउँपालिका र मुसीकोट नगरपालिकाका एक/एक जना महिला डिस्चार्ज भएको अस्पतालका कोरोना रोग फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।
आइसोलेसनमा रहेका १२ मध्य अब ७ जना मात्रै अस्पतालको आइसोलेसनमा छन् । ३ जना मुसीकोट नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन अस्पतालमा गएपछि अब जिल्ला अस्पतालको आइसोलेसनमा ७ जनाको उपचार भइरहेको रावलले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १६:१३
प्रतिक्रिया दिनुहोस्