Kakhara सबैको खबर सम्पूर्ण खबर
बिजयश्वरी बोर्डिङ स्कुलका एक सय ३८ विद्यार्थीको प्रारम्भिक आँखा जाँच 
विद्यार्थीकाे आँखा जाँच हुँदै ।

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका १ नम्बर वडामा रहेको बिजयश्वरी बोर्डिङ स्कुलमा अध्ययनरत एक सय ३८ जना विद्यार्थीको प्रारम्भिक चरणको आँखा जाँच गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम अन्तरगत बिजयश्वरी बोर्डिङ स्कुलमा अध्ययनरत एक सय ३८ जना विद्यार्थीको प्रारम्भिक चरणको आँखा जाँच गरिएको हो । 

६५ छात्रा र ७३ छात्र गरी जम्मा एक सय ३८ जना विद्यार्थीको प्रारम्भिक आँखा जाँच गरिएकोमा २१ जना विद्यार्थीको आँखामा समस्या देखिएको संस्थाकी सामुदायिक संयोजक पूर्णिमा शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणको आँखा जाँच गर्दा समस्या देखिएका २१ जना विद्यार्थीलाई आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा पुनः आँखा जाँच गरिने छ । साेमबार कक्षाा ७ देखि १० सम्मका विद्यार्थीकाे आँखा जाँच गरिएकाे र बाँकीकाे भाेली गरिने शाहीले बताउनुभयाे । 

पुनः आँखा जाँच गर्दा पनि सोही प्रकृतिको समस्या देखिएमा भने समस्याको पहिचान तथा वर्गीकरण गरी त्यस्ता विद्यार्थीलाई संस्थाले निःशुल्क औषधी तथा चस्मा वितरण गर्ने वा उपचारका लागि संस्थाद्वारा सञ्चालित राप्ती आँखा अस्पताल दाङ सिफारिस गरी पठाउने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update