Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले गर्‍यो कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सेवाग्राहीमुखी बन्दै गएको छ । नगरपालिकाले सेवा प्रवाहलाई सहज बनाउन विभिन्न प्रयास गरिरहेको छ । कार्यसम्पादनलाई प्रभावकारी बनाई सेवा प्रवाहलाई सहज र छरितो बनाउन नगरपालिका लागि परेको हो । यस क्रममा नगरपालिकाले कर्मचारीहरूसँग आर्थिक वर्ष २०८१÷०८२ को कार्यसम्पादन करार सम्झौता गरेको छ ।

कार्यसम्पादन स्तरलाई थप प्रभावकारी बनाउन  नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच कार्यसम्पादन करार सम्झौता भएको छ । यसका साथै  प्रमुख प्रशासकीय अधिकृत  र शाखा÷उपशाखा  प्रमुख र वडा सचिवहरू बिच पनि कार्य सम्पादन करार सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

454758381_2774787539364094_2534997577441164162_n-1723513931.jpg
सूचकमा आधारित कार्यसम्पादन करार सम्झौताले नतिजामूलक कार्यसम्पादनका लागि थप जिम्मेवार बनाउने विश्वास लिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी कसरी बनाउने भन्नेमै सम्झौता केन्द्रित रहेको उहाँको भनाई छ । चौरजहारी नगरपालिका सेवा प्रवाहलाई सहज, छरितो र प्रभावकारी बनाउने अभियानमा केन्द्रित छ ।

नगरपालिकाले सेवाग्राहीबाट सेवा प्रवाहको सन्तुष्टि मापन गरिरहेको छ । कार्यालयले गुनासो सम्बोधनका लागि निःशुल्क टेलिफोन सेवा सुरु गरेको छ भने कार्यालयमा आउने सेवाग्राहीका लागि निःशुल्क इन्टरनेटको व्यवस्था गरेको छ । सेवा प्रवाहलाई सजिलो बनाउन नगरपालिकाले एकीकृत सेवा प्रवाह केन्द्र समेत सञ्चालनमा ल्याएको छ । यसका साथै नगरपालिका शून्य बेरुजु पालिका बनाउन समेत लागि परेको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update