रुकुम-काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा एकराज
नेकपा माओवादी केन्द्र निकट रुकुम–काठमाडौँ सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार राजधानीको बागबजारमा भएको दोस्रो सम्मेलनबाट एकराज केसीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय भएको हो ।
तर नेतृत्व चयन भए पनि कार्यसमितिमा रहनेहरूको सूची टुङ्गो लगाउन बाँकी रहेको नव निर्वाचित अध्यक्ष केसीले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख र उपमहासचिव जनार्दन शर्मा प्रभाकरकाे विशेष आतिथ्यता तथा अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१ ०८:४९
प्रतिक्रिया दिनुहोस्