
रुकुम पश्चिममा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ बादँरपानीका ६३ वर्षीय शशिराम ओलीको गाउँ नजिकैको ठुलो भिरबाट लडेर मृत्यु भएको हो । आइबार साँझ दह चौरबाट पानीगैरा जाने क्रममा ओलीको भिरबाट लडेर मृत्यु भएको स्थानीय अनन्तबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ ७ बजेतिर दह चौरबाट आफन्तको घरमा बिरामी भेट्न पानीगैरा जाने भनेर हिँडेका ओली रातिसम्म पनि सम्पर्कमा नआएपछि स्थानीयले खोजी गरेका थिए ।
खोजी गर्ने क्रममा ओलीको शव राति ९ बजे पानीगैरा गाउँ नजिकैको ठुलो भिरमा शव फेला परेको थियो । बाटो देखि करिब २ सय मिटर तल शव फेला परेको परिवारजनले बताएका छन् । उहाँका छोराहरू रोजगारीको सिलसिलामा देश बाहिर छन् । घरमा श्रीमान् श्रीमती बस्दै आउनुभएको थियो ।