जाजरकोटमा पहिरोले पुर्दा एकै घरका तीन जना भूकम्प पीडितको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–२ डाँडागाउँमा पहिरोले भूकम्प पीडितको अस्थायी टहरो पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४२ वर्षीय लालबहादुर परियार, उहाँकी श्रीमती ३५ बर्सिया मनीषा विक र दुई वर्षीय छोरा शुभम् परियारको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
गत कार्तिक १७ गते गएको भूकम्पले घर भत्किदा अस्थायी टहरामा बस्दै आएको लालबहादुरको परिवार अस्थायी टहरामै अस्ताएको हो । प्रहरीका अनुसार पहिरोले अस्थायी टहरो पुरिएको खबर आज बिहान ७ः५० बजेतिर आएको थियो । त्यसपछि प्रहरी निरीक्षक माधवप्रसाद चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
उक्त टोलीले शव निकालेको थियो । भूकम्पले घर भत्काएको र त्यसपछि उक्त परिवार अस्थायी टहरामा बस्दै आएको थियो ।