Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा टेनिता प्रथम 
प्रथम पुरस्कार ग्रहण गर्दै टेनिता गिरी ।

रुकुम पश्चिम जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा मुसिकोट नगरपालिका ५ को यमुना नन्द नमुना माविमा अध्ययनरत छात्रा टेनिता गिरी प्रथम हुनुभएको छ । सामाजिक विकास कार्यालय रुकुम पश्चिमले प्रदेश स्थापना दिवसको अवसरमा आयोजना गरेको देश विकासमा विद्यार्थीको भूमिका विषयक निबन्ध प्रतियोगितामा गिरी प्रथम हुनुभएको हो ।

जिल्लाका ६२ जना विद्यार्थी सहभागी प्रतियोगितामा त्रिभुवन जनता मावि खलङ्गाका सुमन लामिछाने द्धितिय, राप्ती ज्ञानोदय मावि सिम्लीका निकेन रावल तृतीय र त्रिजमावि खलङ्गाकी सृष्टि केसी सान्त्वना भएको सामाजिक विकास कार्यालयका प्रशासकीय अधिकृत ध्रुवकुमार बाँठाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छात्र तर्फ उत्कृष्ट १० र छात्रा तर्फ उत्कृष्ट १० प्रतियोगिहरुलाई पुरस्कृत गरिएको छ । प्रथमले १९ हजार, द्धितियले १४ हजार, तृतीयले १० हजार र सान्त्वना हुनेले ७ हजार पुरस्कार पाएको उहाँले बताउनुभयो । त्यस्तै दसौँ भित्र पर्नेहरूले समान १/१ हजार नगद पुरस्कार पाएका छन् ।

प्रथम देखि दसौँ स्थान हासिल गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री समेत प्रदान गरिएको प्रशासकीय अधिकृत बाँठाले जानकारी दिनुभयो । विद्यार्थीहरूलाई तोकिएको विषयमा ७ सय देखि १२ सय शब्दमा निबन्ध लेख्न भनिएको थियो । विद्यार्थीले निबन्ध लेखेर पठाएका थिए । त्यसबाट छनोट गरेर पुरस्कृत गरिएको बताइएको छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update