रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । भने एक जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनवाङका २७ बर्षीय न्युटन घर्तीको विहिबार बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो । भने सिस्ने गाउँपालिका वडा नम्बर ७ नाथिघाटका २४ वर्षीय कमल रेउलेको जिल्ला अस्पतालमा रुकुम पूर्व उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराइले जानकारी दिनुभयो ।
उहाँका अनुसार बुधबार साँझ ४ बजेको समयमा घर्ती र रेउले सिस्ने गाउँपालिका वडा नम्बर ५ को धौलापैरा जंगलमा अरिङगाल पोल्ने क्रममा अरिङगालको टोइकाबाट घाइते भएका थिए । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको थियो । उपचारको क्रममा घर्तीको मृत्यु भएको हो । भने रेउलेको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार चलिरहेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक भट्टराइले जानकारी दिनुभयो ।
घर्तीको शव पोष्ट मार्टमको लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।