Kakhara सबैको खबर सम्पूर्ण खबर
२ वडाध्यक्ष सहित १९ मा कोरोना संक्रमण 

रुकुम पश्चिममा २ जना वडाध्यक्ष सहित १९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला भरमा ३२ जनामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो । सबैभन्दा बढी सानीभेरी गाउँपालिकामा ७ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले बताउनुभयो । ९ जनामा परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको हो । 

त्यस्तै स्वास्थ्य सेवा कार्यालयमा ९ जनामा परीक्षण गर्दा ५ जनामा, आठबीसकोट नगरपालिकामा ८ जनामा परीक्षण गर्दा ४ जनामा र त्रिवेणि गाउँपालिकामा ६ जनामा परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको फोकल पर्शन रावलको भनाई छ । उहाँका अनुसार त्रिवेणिमा संक्रमण देखिने ३ जना मध्ये २ जना वडाध्यक्ष हुन् ।

यो संगै जिल्लाभरमा कुल संक्रमितको संख्या ४ सय ९० पुगेको छ । जसमा दोस्रो लहर सुरु भएपछिका संक्रमित २ सय २८ जना रहेका छन् । जिल्लामा अहिलेसम्म ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update