भारत जाने भनी हराएका हरिलाई प्रहरीले परिवारको जिम्मा लगायो
भारत जाने भन्दै हराएका एक बालकलाई रुकुम पश्चिम पहरीले परिवारको जिम्मा लगाएको छ । जिल्लाको बाँफिकाेट गाउँपालिका ४ का १३ वर्षीय हरि विकलाई प्रहरीले चौरजहारी बसपार्कमा फेला पारी परिवारको जिम्मा लगाइएको हो ।
उनी भारत जाने भन्दै घरबाट सम्पर्क विहीन बनेका थिए । इलाका प्रहरी कार्यालय चौरजहारीको टोलीले वडा नम्बर २ मा रहेको बसपार्कमा फेला पारी सहोदर काका नाता पर्ने २८ वर्षीय विकास विकलाई सकुशल जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय चाैरजहारीले जनाएको छ ।
हरि भदौ २ गते घरबाट निस्किएका थिए । उनलाई बिहीबार परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१ ०९:४२
प्रतिक्रिया दिनुहोस्