Kakhara सबैको खबर सम्पूर्ण खबर
नौं जना डिस्चार्ज !

रुकुम पश्चिममा नौं जना कोरोना भाईरसका संक्रमित डिस्चार्ज भएका छन् । जिल्लामा कोरोना भाईरसको दोस्रो लहर सुरु भएपछि अहिलेसम्म नौं जनाले कोरोनालाई जितेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चौरजहारी नगरपालिकामा होम आइसोलेसनमा रहेका ५ जना, जिल्ला अस्पतालमा रहेको आईसोलेसनबाट २ जना र त्रिवेणि गाउँपालिकामा होम आईसोलेसनमा रहेका २ जना गरी नौं जना कोरोना मुक्त भएका हुन् । दोस्रो चरणको लहरमा यो सामग्रि तयार पार्दा सम्म २ सय २८ जनामा कोरोना भाईरसको संक्रमण देखिएकामा ९ जनाले कोरोना भाईरसलाई जितेका हुन् । त्यस्तै संक्रमित मध्ये अधिकांश होम आइसोलेसनमा रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update