Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीयको श्रमदानबाट गोरेटो बाटो सुचारु 
बाटाे मर्मत गर्दै स्थानीय ।

करिब १० दिन अवरुद्ध रहेको गोरेटो बाटो सुचारु गरिएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा वडा नम्बर ४ स्थित तातो पानी देखि धाउने झोलुङ्गे पुल सम्मको एक किलोमिटर लामो गोरेटो सुचारु भएको हो । निरन्तरको वर्षाका कारण अवरुद्ध रहेको गोरेटो बाटो शनिवार सुचारु भएको छ। १५ जनाको एक दिनको श्रमदान मार्फत बाटो सुचारु भएको सिस्ने ३ पोखराका रामचन्द्र केसीले जानकारी दिनुभयो। तीते खोला-भिङ- अमलाचौर सडक खण्डबाट झरेको ढुंगा र माटाेले गोरेटो बाटो अवरुद्ध भएको थियो।

बाटो अवरुद्ध हुँदा विभिन्न कामको लागि जिल्ला सदरमुकाम रुकुमकोट जाने त्यस क्षेत्रका सर्वसाधारण समस्यामा परेका थिए । वडाका जनप्रतिनिधि, शिक्षक तथा युवाहरूको सहभागितामा ढुंगा र माटो पन्छ्याएर बाटो चौडा गरिएको छ। यसै बाटोबाट मोटरसाइकल समेत आवतजावत गर्ने गरेका छन् । पोखरा देखि जिल्ला सदरमुकाम रुकुमकोट पुग्न यो बाटो छोटो पर्दछ ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update