नेपाल दृष्टि विशेषज्ञ संघ लुम्बिनीकाे अध्यक्षमा कृष्ण बन्जाडे
नेपाल दृष्टि विशेषज्ञ सङ्घ लुम्बिनी प्रदेशको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा शनिवार सङ्घका अध्यक्ष प्रभात जिसीको अध्यक्षतामा भएको अधिवेशनले कृष्ण बन्जाडेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
उपाध्यक्षमा विश्वास भण्डारी, सचिवमा निकिता केसी, कोषाध्यक्षमा सरोज गौतम, सह(सचिवमा तिलककुमार शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरूमा सन्तोष क्षेत्री,तस्बिर गैरे, सबिन खड्का, सुवेक्षा श्रेष्ठ, विकास कुँवर, सुशान्त ज्ञवाली, मन्दिप गौतम र सुशील कार्की रहेको निर्वाचन समितिका संयोजक अमित केसीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ १७:४२
प्रतिक्रिया दिनुहोस्