Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा पनि एक हप्ता निषेधाज्ञा
रुकुमकोट उपत्यका ।

रुकुम पूर्वमा पनि निषेधाज्ञा लाग्ने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको विहानको बैठकले सिस्ने गाउँपालिकाका ५ र ६ नम्बर वडा रुकुमकोट क्षेत्रभर  निषेधाज्ञा लगाउने निर्णय गरेको हो । बुधबार राती १२ बजेदेखि २९ गते गते राती १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो ।

कोरोना भाइरसका संक्रमित बढ्दै गएको र धेरै चहलपहल हुने ठाउँ भएका कारण तत्काललाई २ वडामा निषेधाज्ञा लगाइएको प्रजिअ राईले बताउनुभयो । यस बीचमा अत्यावश्यक सेवा बाहेकका सेवा पूर्ण ठप्प हुनेछन् । एक हप्तापछिको अवस्था हेरेर थप निर्णय हुने जनाइएको छ । हालसम्म जिल्लामा १४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । ९२ परीक्षण गरिएकामध्य १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्य ३ जनालाई अस्पताल राखिएको छ भने अरु होम आइसोलेसनमा छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update