Kakhara सबैको खबर सम्पूर्ण खबर
मिर्गौला पीडित बोहराको परिवारलाई  डेढ लाख बढी रुपैयाँ  सहयोग हस्तान्तरण  
पीडित परिवारलाई चेक हस्तान्तरण गरिँदै ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर  २ बेतखोलाका दुबै मिर्गौला फेल भएका २६ वर्षीय टोपबहादुर बोहराको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । बेतखोलामा एक कार्यक्रम आयोजना गरी मिर्गौला पीडित बोहराको बुवा ठानबहादुर बोहरा र आमा शर्मिला बोहरालाई चेक हस्तान्तरण गरिएको हो । त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा गठीत हाम्रो युवा समाजमा आवद्ध भएका व्यक्तिबाट सहयोग बापत उठेको ५३ हजार ८ सय ९० रुपैयाँ र कखराकर्मी (पत्रकार) बलेन्द्र ओलीको व्यक्तिगत  खातामा संकलन भएको १ लाख ७ हजार ७ सय ४ रुपैयाँ गरेर कुल  १ लाख ६१ हजार ५ सय ९४ रुपैयाँको चेक  ओली र विसीले संयुक्त रुपमा मिर्गौला पीडितको बुवा ठानबहादुर र आमा शर्मिलालाई चेक हस्तान्तरण गर्नुभयो । 

केही दिन अगाडिदेखि दुबै मिर्गौला फेल भएका बोहराको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले सहयोग संकलन अभियान थालिएको थियो । सोहि संकलन अभियानबाट संकलन भएको रकम हस्तान्तरण गरिएको कखराकर्मी ओलीले जानकारी दिनुभयो । सहयोग अभियानमा जोडिएर सहयोग गर्ने सबै व्यक्तिलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । 

त्यसै हाम्रो युवा समाजका अध्यक्ष शक्तिकिरण बिसिले युवाहरुको तर्फबाट मिर्गौला पीडित बोहराको सहयोग बापत उठेको रकम उपचारमा खर्च गर्न र सहि सदुपयोग गर्न परिवारलाई आग्रह गर्नुभयो । आआफ्नो ठाउँबाट मिर्गौला पीडित बोहरालाई बचाउन सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

मिर्गौला पीडित बोहराको आमा शर्मिलाले छोराको उपचार बापत सहयोग संकलन गरेर ठूलो सहयोग गरेको बताउनुभयो । सहयोग बापत उठेको रकमले छोराको उपचार ठूलो सहयोग पुग्ने उहाँले विस्वास व्यक्त गर्नुभयो । छोराको उपचार खर्च धेरै लाग्ने भएकाले सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो । विगत ४ महिनादेखि बोहराको टिचिङ हस्पिटल काठमाडौमा उपचार भइरहेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा २ नम्बर वडा अध्यक्ष मोतीराम पुन, त्रिवेणी मावी सिम्रुतुका शिशक घनश्याम बोहरा, युवा समाजका पदाधिकारी, स्थानीय लगायतको उपस्थित रहेको थियो । 

 मिर्गौला पीडित टोपबहादुरलाई सहयोग गर्ने व्यक्तिको विवरण हेर्नुहोस । 

Top-1-1724762510.png

Top-2-1724762511.png

t0p-r-1724762509.png

Top-4-1724762513.png

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update