Kakhara सबैको खबर सम्पूर्ण खबर

रुकुम पश्चिममा परम्परागत लाखे नाच सकिएको छ । साउन ३१ गतेबाट सुरु भएको नाच आज सकिएको हो । यो नाच हरेक वर्षको श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट सकिने गर्दछ । 

नाच सुरु भएदेखि श्रीकृष्णजन्माष्टमीको भोलीपल्टसम्म खलङ्गा, बागबजार, सेरिगाऊ, सल्ले लगायतका बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ । श्रीकृष्ण सहित राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई श्रृंगारेर नचाउने गरिन्छ । 

DSC09908-1724760826.jpg
कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्णजन्माष्टमीको भोलीपल्ट आज कंसलाई नै मारेर समापन भएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष केशव नेपालीले जानकारी दिनुभयो । बोकालाई कंस मानेर बलि दिने गरिन्छ । यसरी बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । जात्राको अन्तिम दिन आज सदरमुकाम खलङ्गाको बराहटाकुरामा मेला लागेको थियो । हरेक वर्ष नाचको अन्तिम दिन खलंगामा मेला लाग्ने गर्दछ । यसलाई लाखे जात्रा पनि भनिन्छ ।

DSC09915-1724760824.jpg
जात्रा सुरु भएदेखि खलङ्गा सहित अन्य बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ भने अन्तिम दिन बराहटाकुरामा मेला सहित नाच देखाउँदै लाखे मारेर जात्राको औपचारिक समापन गर्ने गरिन्छ । 
द्वापर युगको अन्त्यतिर वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० साल देखि हरेक वर्ष लाखे जात्रा मनाउँदै आएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष नेपालीले बताउनुभयो ।

उहाँका अनुसार भगवान् कृष्णलाई मार्न कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ ।

DSC09923-1724760812.jpg
DSC09920-1724760817.jpg
DSC09927--1724760812.jpg
DSC09934-1724760808.jpg
DSC09935-1724760805.jpg
DSC09939-1724760805.jpg
DSC09919-1724760822.jpg
DSC09928-1724760810.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update