Kakhara सबैको खबर सम्पूर्ण खबर

नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्काले देशका दुर्गम भेगमा क्रिकेट विकासका लागि पहल भइरहेको बताउनुभएको छ । बुधवार भर्चुअल रूपमा जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमको दोस्रो साधारण सभा सफलताको शुभकामना व्यक्त गर्दै रुकुम जस्ता दुर्गम भेगमा क्रिकेट विकासका लागि सङ्घ लागिरहेको बताउनुभयो ।

'भौगोलिक रूपमा कठिनाइहरू छन् तर पनि क्रिकेटिङ रूपमा जोडिएर रुकुम जिल्लालाई बलियो बनाउने पक्षमा हामी लागेका छौँ, उहाँले भन्नुभयो ।' नेपाली क्रिकेट टिमका पूर्व कप्तान समेत रहनुभएका उहाँले क्रिकेट विकासका लागि रुकुम जस्ता जिल्लाहरू प्राथमिकतामा रहेको बताउनुभयो । साथै उहाँले कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यस क्षेत्रको क्रिकेट सहित समग्र खेल र खेल भावना विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला क्रिकेट सङ्घले बुधवार दोस्रो साधारण सभा सम्पन्न गरेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update