Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकारमाथी भएको दुव्यवहारप्रति महासंघको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले पत्रकारमाथी भएको दुव्र्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विहान महासचिव खगेन्द्र भट्टराईले एक विज्ञप्ती निकाली रुकुम पूर्व स्थित रेडियो पूर्वी रुकुम एफ.एम.मा कार्यरतर जितेन्द्र बुढाथोकी र विक्रम परियारमाथी गरिएको दुव्यवहारको घोर निन्दा गर्नुभएको छ ।

समाचार संकलनको क्रममा पुथाउत्तरगंगा गाउँपालिका पुगेका पत्रकारद्धयमाथी पुथाउत्तरगंगा गाउँपालिका ९, का अध्यक्ष सुरबहादुर रोकाले हातपातको प्रयास गरेका थिए । विकास निर्माण भए नभएको बारेमा जानकारी माग्दा वडाध्यक्ष रोकाले २१ गते बुढाथोकी र परियारमाथी हातपातको प्रयास गरेका थिए ।

विज्ञप्तीमा प्रेस स्वतन्त्रता विरोधी यस घटनाको कडा शब्दमा भत्र्सना गर्दै दोषिलाई कारबाहीको माग गरिएको छ । मुलुक कोरोना महामारीको चपेटामा परेका बेला पनि कर्तव्यनिष्ठ, सञ्चारकर्मीमाथी जनप्रतिनिधिबाट भएको दुव्र्यवहारले महासंघलाई दुःखी तुल्याएको विज्ञप्तीमा उल्लेख छ । 

यसैबीच नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले पनि उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सचिव हिरा परियारले जारी गरेको विज्ञप्तीमा कोरोना महामारीका बेला पत्रकारले गरिरहेको कामप्रति सघाउनुको साटो जनप्रतिनिधिबाट हुने यस्ता क्रियाकलापले पत्रकारिता पेशाप्रति ठेस लागेको उल्लेख छ । 


 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update